राजनीतिक दलको घोषणापत्रमा आर्थिक दूरदर्शिताको अभाव : कार्यवाहक प्रधानमन्त्री काकर

नेपालभ्युज

राजनीतिक दलको घोषणापत्रमा आर्थिक दूरदर्शिताको अभाव : कार्यवाहक प्रधानमन्त्री काकर

कराँची ।  पाकिस्तानी कार्यवाहक प्रधानमन्त्री अन्वर उल हक काकरले आम चुनावका लागि राजनीतिक दलहरूले जारी गरेको घोषणापत्रमा असन्तुष्टि व्यक्त गरेका  छन् । सोमबार राजनीतिक पार्टीले आफ्ना घोषणापत्र मार्फत अर्थतन्त्रको लागि उच्च तथा दिगो योजना प्रस्तुत नगरेको उनले बताएका हुन् ।

प्रधानमन्त्री काकरले आम चुनावमा भइरहेको ढिलाइलाई औचित्य प्रमाणित गर्ने कुनै कारण नभएको आश्वासन दिएका छन् । उनले अन्तर्वार्तामा राजनीतिक दलका उम्मेद्वारहरूले प्रचार गरिरहेको तथा आम चुनावमा ढिलाइका बारेमा फैलिएका अफवाहहरू फेब्रुअरी ८ गते साँझ समाप्त हुने बताएका छन् ।

प्रधानमन्त्री काकरले दलहरूले अर्थतन्त्र सुधारमा ध्यान केन्द्रित गर्नुपर्ने कुरामा जोड दिदै कुनै पनि राजनीतिक पार्टीले दीर्घकालीन आर्थिक समस्याहरू समाधान गर्न प्रभावकारी एजेन्डा नल्याएको उल्लेख गरे । रोजगार, आश्रय, सुलभ बिजुली, खाद्य सुरक्षा लगाएतका विषयमा राजनीतिक दलहरूले आफ्नो अभियानमा गरेका दाबीहरू स्थिर अर्थतन्त्रमा आकस्मिक रहेको उनको धारणा छ ।

उनका अनुसार राजनीतिक दलहरूले राजस्व उत्पादन र करको क्षेत्र विस्तार गर्ने योजना बनाउन आवश्यक रहेको छ । स्क्यान्डिनेभियाली देशहरूमा ९१ प्रतिशत कर–जीडीपी अनुपातको उदाहरण दिदै पाकिस्तानी करको जीडिपीमा अनुदान अनुपात ९ प्रतिशत मात्र रहेको काकरको दाबी छ ।
निर्वाचन अघि वा पछि भएको धाँधलीका बारेमा उनले संसद्ले विगतबाट पाठ सिकी निर्वाचन सम्बन्धी कानूनमा भएका त्रुटिहरूलाई सम्बोधन गर्नुपर्ने बताएका छन् । उनले पर्यवेक्षकहरूले अनुगमन गर्ने,स्थानीय र अन्तरराष्ट्रिय सञ्चार माध्यमले गतिविधिको बारेमा रिपोर्ट गर्ने, मापदण्ड अनुसार चुनाव स्वतन्त्र र निष्पक्ष हुने आश्वासन दिलाए।

मतदानको समय फेब्रुअरी ८ गते ९ बजेदेखि साँझ ५ बजे सम्म हुनेछ । सबैले मतदान गरी आफ्नो संवैधानिक अधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह छ । यसै बीच पाकिस्तानले सङ्घीय मन्त्रीहरू तथा सरकारी अधिकारीहरूलाई चुनाव नभएसम्म विदेश यात्रा गर्न प्रतिबन्ध लगाएको छ । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved