जनताको बहुदलीय जनवादलाई त्याग्न सकिँदैन : माधव नेपाल

नेपालभ्युज

जनताको बहुदलीय जनवादलाई त्याग्न सकिँदैन : माधव नेपाल
फाइल तस्वीर । नेपालभ्यूज ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीले जनताको बहुदलीय जनवाद (जबज) को विचारधारालाई त्याग्न नसक्ने बताएका छन् ।

सोमबार काठमाडौँमा जारी पार्टीको केन्द्रीय परिषद् बैठकमा बोल्दै अध्यक्ष नेपालले जबजको उपादेयता छैन भन्ने मान्यता आत्मघाती र आत्मसमर्पणवादी भएको जिकिर समेत गरे ।

पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति संकेत गर्दै उनले अहिले पनि कम्युनिस्ट पार्टीहरुमाथि तानाशाही र अधिनायकवादीको आरोप लगाउने क्रम सकिएकाले त्यसको प्रतिवाद गर्न पनि जबजको विकल्प नभएको बताए । उनले मदन भण्डारीद्वारा प्रतिपादित सो विचारधाराको पेटेन्ट राईट आफ्नो पार्टीसँग रहेको दाबी गर्दै त्यसलाई मिल्काइदिउँ भन्ने खालको मान्यता मान्य नहुने चेतावनी दिए ।

अध्यक्ष नेपालले भने, ‘एकाधिकारवादी ‘जनताको बहुदलीय जनवादलाई त्याग्न सकिँदैन । त्यसलाई त्याग्नुको मतलब हामी एकदलीय तानाशाहीमा जानु हो । एकातिर साम्राज्यवादको एकाधिकार देखिँदै छ । कम्युनिस्ट पार्टीप्रति उनीहरुको गतिविधि र अभियानहरु चलिरहेका छन् । अनि कम्युनिस्ट पार्टीहरुलाई एकाधिकारवादी, अनि अधिनायकवादको आरोप लगाइरहेको अवस्था छ ।’

अध्यक्ष नेपालले जनताको बहुदलीय जनवादको मान्यतालाई त्यागेर तानाशाही व्यवस्थामा आफूहरु जान नसक्ने तर्क समेत गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved