एकै पटक तीनवटा उपग्रह अन्तरिक्षमा पठाउन इरान सफल

नेपालभ्युज

एकै पटक तीनवटा उपग्रह अन्तरिक्षमा पठाउन इरान सफल

एजेन्सी । इरानले आईतवार आफ्नो अन्तरिक्ष इतिहासमा पहिलो पटक एकैसाथ तीनवटा घरेलु उपग्रहहरू अन्तरिक्षमा पठाएको छ ।

उपग्रहहरूलाई पृथ्वीको सतहबाट न्युनतम ४ सय ५० किलोमिटर उचाईमा अण्डाकार कक्षमा प्रक्षेपण गरिएको जनाइएको छ ।

ती तीनवटा विकसित भूउपग्रहमा एउटा सञ्चार तथा अनुसन्धान उपग्रह महदा र दुईवटा नानोस्याटलाइट केहान–२ र हतेफ–१ समावेश छन् ।

स्वदेशी निर्मित प्रक्षेपण यान सिमोर्ग (फिनिक्स) सेमनान प्रान्तबाट प्रक्षेपण गरिएको हो । महदाको प्राथमिक मिसन भनेको धेरै कार्यहरूमा सिमोर्गको कार्यसम्पादनको मूल्याङ्कन गर्नु र अन्तरिक्षमा नयाँ डिजाइन र प्रविधिहरूको मूल्याङ्कन गर्नु हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved