प्रधानमन्त्री कपमा मधेसले लुम्बिनीलाई हरायो, प्रदीपले लिए ६ विकेट

नेपालभ्युज

प्रधानमन्त्री कपमा मधेसले लुम्बिनीलाई हरायो, प्रदीपले लिए ६ विकेट

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा मधेसले लुम्बिनी प्रदेशलाई ९ रनले पराजित गरेको छ।

मूलपानी क्रिकेट मैदानमा आइतबार भएको रोमाञ्चक खेलमा १७० रनको लक्ष्य पछ्याएको लुम्बिनी ४०.५ ओभरमा १६० रनमा अलआउट भएपछि मधेस २ अंक जोड्न सफल भयो ।

जितपछि मधेसले १२ अंकमा समूह चरण टुंग्याएको छ । समान अंक भए पनि रनरेटमा नेपाल पुलिस क्लब र बागमती प्रदेश शीर्ष २ मा छन् । लिगमा पुलिसले ३ खेल खेल्न बाँकी छ भने बागमतीले सबै ९ खेल खेलेको छ ।

त्रिभुवन आर्मी, सुदूरपश्चिम र एपीएफको पनि खेल बाँकी नै रहेकाले मधेसकाे फाइनल प्रवेशको सम्भावना लगभग समाप्त भएको छ ।

लुम्बिनीका लागि प्रज्वल थापाले ६२ रन बनाए पनि जितको लागि भने पर्याप्त हुन सकेन। सो क्रममा उनले ७९ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

लुम्बिनीलाई सस्तैमा प्याक गर्न मधेसका लागि प्रदट्पठ पासवानले ६ विकेट लिए। अभिषेक तिवारीले २ तथा हरिशंक शाह र रुपेश सिंहले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको मधेस निर्धारित ओभर सकिन ३ बल बाँकी छँदा ४१.३ ओभरमा १६९ रनमा अलआउट भयो। मधेसका लागि अर्निको यादवले ३८ तथा पवन सर्राफ र अभिषेक तिवारीले समान २६–२६ रन बनाए।

लुम्बिनीका लागि वीर सिंहले ४ तथा अभिषेक गौतमले ३ विकेट लिए। कृष्ण कार्की, मोहम्मद हुसेन र निर्मल गुरुङले भने १–१ विकेट लिए।

ओसिलो मैदानका कारण खेल ४२ ओभरमा छोट्याइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved