नेपालगन्ज विमानस्थलमा हिजोदेखि लागेको बाक्लो हुस्सु हट्यो, उडान सुरु

नेपालभ्युज

नेपालगन्ज विमानस्थलमा हिजोदेखि लागेको बाक्लो हुस्सु हट्यो, उडान सुरु
फाइल फोटो

नेपालगन्ज । शनिबारदेखि लागेको बाक्लो हुस्सु हटेपछि नेपालगन्ज विमानस्थलबाट उडान सुरु भएको छ ।

नेपालगन्जबाट काठमाडौं, पोखरा तथा हिमाली तथा पहाडी जिल्लाहरूमा हुने उडान सुरु भएको हो ।

शनिबारदेखि सबै उडान अवरुद्ध थियो । आइतबार २ बजेदेखि उडान सुरु भएको नेपालगन्ज एयरर्पाेटले जनाएको छ ।

नेपालगन्जबाट काठमाडौंका लागि बुद्ध एयरका ३, श्री एयरका २ र यती एयरको १ वटा उडान हुँदै आएको छ ।

नेपाल एयर लाइन्स, समिट, तारा एयरले मुगु, जुम्ला, हुम्ला, डोल्पा र बाजुराका लागि नेपालगन्जबाट उडान भर्दै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved