प्यालेस्टिनी शरणार्थीका लागि दिइने आर्थिक सहयोग नरोक्न शक्तिराष्ट्रलाई राष्ट्रसंघको आग्रह

नेपालभ्युज

प्यालेस्टिनी शरणार्थीका लागि दिइने आर्थिक सहयोग नरोक्न शक्तिराष्ट्रलाई राष्ट्रसंघको आग्रह

काठमाडौं । संयुक्त राष्ट्रसंघले प्यालेस्टिनी शरणार्थीका लागि दिइने राहत कोष नरोक्न आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघीय सहयाता एजेन्सीका प्रमुखले कोष रोक्ने घोषणा गरेका मुलुकलाई निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन् ।

एजेन्सीका प्रमुख फिलिप लाजारिनीले २० लाख भन्दा बढी मानिस अझै राहतका लागि ब्यग्र पर्खाइमा रहेको उल्लेख गरेका छन् ।

बेलायतलगायत विभिन्न ९ वटा देशले आर्थिक सहयोग रोकेका छन् । उनीहरूले राष्ट्रसंघकै केहि कर्मचारी हमाससँग मिलेको आरोप लगाउदै आर्थिक सहयोग रोकेको बताएका छन् ।

आरोपपछि एजेन्सीले आरोपित कर्मचारीलाई बर्खास्त गरेको थियो । अष्ट्रेलिया, क्यानडा, फिनल्याण्ड, जर्मनी, इटाली, नेदरल्यान्ड्स, स्विजरल्याण्ड, बेलायत र अमेरिकाले आर्थिक सहयोग रोकेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved