राममन्दिर प्राण प्रतिष्ठाको अवसरमा नेपालका मुस्लिम मेयरले दिए नगरमा सार्वजनिक बिदा

नेपालभ्युज

राममन्दिर प्राण प्रतिष्ठाको अवसरमा नेपालका मुस्लिम मेयरले दिए नगरमा सार्वजनिक बिदा

काठमाडौं । भारतको अयोध्यास्थित राममन्दिरको प्राण प्रतिष्ठाको अवसरमा नेपालका मुस्लिम मेयरले आफ्नो नगरपालिका सार्वजनिक बिदा दिएको छन् ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सार्वजनिक बिदा दिएको हो । त्यहाँ नगरप्रुमख इश्तियाक अहमद खाँ हुन् । उनी मुस्लिम हुन् ।

नेपाल भारत पौराणिक आध्यात्मिक एवं सांस्कृतिक सम्बन्धको आधारमा सीताको ससुराल (अयोध्या)मा हुने हर्ष बढाइँमा बिदा दिएको नगरप्रुमख इश्तियाक अहमद खाँले बताए ।

उनले भने, ‘‘यहाँबाट धेरै संख्यामा मानिसहरू अयोध्यास्थित राममन्दिरको प्राण प्रतिष्ठामा गएका छन् । यसैले धार्मिक सामाजिक सद्भाव र सांस्कृतिक एकताको लागि नगरले त्यहाँ सार्वजनिक बिदा दिएको हो ।’’

नगरपालिकामा सेवाग्राहीलाई अत्यावश्यक सेवा भने दिइने उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved