रुख चढेकी महिलाको लडेर मृत्यु

नेपालभ्युज

रुख चढेकी महिलाको लडेर मृत्यु
सांकेतिक तस्वीर।

काठमाडौं । दाङको तुलसीपुरको बखरियामा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । घर नजिकैको जङ्गलमा घाँस झार्ने क्रममा रुखबाट लडेर ६५ वर्षीया शितली कुसारीको मृत्यु भएको हो ।

हिजो बेलुका ७ बजेतिर स्याउला काट्न भनी जङ्गल गएकी शितली अबेरसम्म घर नआएपछि परिवार र छिमेकीले खोज्न जाँदा जङ्गलमा घाइते अवस्थामा फेला पारेका थिए ।

उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा उनको मृत्यु भएको परिवारले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved