राममन्दिरमा प्राण प्रतिष्ठाको दिन शुद्धोधन गाउँपालिकामा बिदा, माछामासु र मदिराको बिक्री नगर्न आग्रह

नेपालभ्युज

राममन्दिरमा प्राण प्रतिष्ठाको दिन शुद्धोधन गाउँपालिकामा बिदा, माछामासु र मदिराको बिक्री नगर्न आग्रह

काठमाडौं । भारतको राम मन्दिरमा प्राण प्रतिष्ठाको दिन कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले बिदा दिएको छ । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा प्राण प्रतिष्ठाको अवसर पारेर सोमबार पालिकाले स्थानीय बिदा दिएको हो ।

साथै पालिकाले सोमबार पशुपन्छी र जीवजन्तुको बध, माछामासु र मदिराको बिक्री वितरण नगर्न समेत आग्रह गरेको छ ।

रामको विवाह नेपाली छोरी सीतासँग भएकाले बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीले बताए ।

गाउँपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरूमा बिदा दिइएको अध्यक्ष मण्डलले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved