‘गौशाला–२६’ भन्दै फोटो सार्वजनिक गर्नेलाई प्रहरीले संखुवासभाबाट पक्रेर ल्यायो

नेपालभ्युज

‘गौशाला–२६’ भन्दै फोटो सार्वजनिक गर्नेलाई प्रहरीले संखुवासभाबाट पक्रेर ल्यायो

काठमाडौं । बलात्कारी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय तोकिएपछि पीडित युवतीभन्दै फोटो सार्वजनिक गर्ने एक युवक पक्राउ परेका छन् ।

एक युवतीले फोटो सार्वजनिक गर्नेलाई कारबाहीको माग गर्दै उजुरी दिएपछि संखुवासभाको चिचिला गाउँपालिका–३ का ३२ वर्षीय केशरमान राई पक्राउ परेका हुन् ।

उनलाई प्रहरीको साइबर ब्युरोले संखुवासभाबाट बुधबार नै पक्राउ गरी काठमाडौं ल्याएको हो ।

उनीविरूद्ध बलात्कार पीडितको पहिचान सार्वजनिक गर्न कोशिस गरेको आरोपमा मुद्दा अगाडि बढाइने ब्युरो स्रोतले जनाएको छ।

पक्राउ परेकालाई विद्युतीय अपराध ऐन अनुसारको कसूरमा अनुसन्धान गर्न ७ दिन म्याद थप समेत भएको छ ।

जिल्ला अदालत, काठमाडौंले सन्दीपलाई अघिल्लो साता बुधबार ८ वर्ष वर्ष जेल सजाय र ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउने आदेश गरेको थियो ।

त्यसपछि केही समर्थकहरूले पीडित गौशाला २६ भन्दै विभिन्न तस्बिर र व्यक्तिगत विवरणहरू सार्वजनिक राइरहेका छन् ।

जिल्ला अदालत काठमाडौंले १३ पुसमा क्रिकेटर सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो ।
सम्बन्धित समाचार-

‘गौशाला–२६’ भन्दै फोटो भाइरल भएपछि साइबर ब्यूरोमा उजुरी

गौशाला–२६ को तस्वीर सार्वजनिक गर्नेमाथि रास्वपाको कारबाही


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved