‘गौशाला–२६’ भन्दै फोटो भाइरल भएपछि साइबर ब्यूरोमा उजुरी 

नेपालभ्युज

‘गौशाला–२६’ भन्दै फोटो भाइरल भएपछि साइबर ब्यूरोमा उजुरी 

काठमाडौं । आफ्नो फोटो ‘गौशाला २६’ भन्दै सार्वजनिक गरिएपछि एक युवती साइबर ब्युरो गएकी छिन् । उनले फोटो पोस्ट गर्ने केही व्यक्तिलाई कारबाही गर्न माग गरेकी छिन् ।

सन्दीप लामिछानेलाई मुद्दा हाल्ने ‘गौशाला २६’ को फोटो भन्दै नाम र पहिचान सार्वजनिक भइरहेको छ । पोस्ट फेसबुक, ट्विटर (एक्स) र म्यासेन्जर ग्रूपमा भाइरल भइरहेको छ ।

पछिल्लो समय अदालती फैसलासँग जोडेर पीडितप्रति कटाक्ष भइरहेको छ ।

गौशाला–२६ लाई बलात्कार गरेको ठहर गर्दै यस मामिलामा क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले ८ वर्ष कैद सजाय फैसला गरेको थियो ।

गौशाला–२६ को तस्वीर सार्वजनिक गर्नेमाथि रास्वपाको कारबाही


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved