अपडेट : दाङमा बस पल्टिँदा मृत्यु हुनेको संख्या १२ पुग्यो

नेपालभ्युज

अपडेट : दाङमा बस पल्टिँदा मृत्यु हुनेको संख्या १२ पुग्यो

दाङ । नेपालगञ्जबाट काठमाण्डौको लागि छुटेको रात्रि बस गएराति दाङको भालुवाङमा पल्टिँदा १२ जनाको ज्यान गएको छ ।

भे १ ख ३९१२ नम्बरको बस गएराति राप्ती पुलबाट खसेर पल्टिएकोे हो । इलाका प्रहरी कार्यालय भालुवाङ देउखुरीका अनुसार बस पल्टिँदा अरु २३ जना यात्रु घाइते भएका छन् ।

ज्यान गुमाउनेहरुको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहले बताए ।

शवलाई लमहीको अस्पतालमा पठाइएको छ । २३ जना घाइतेलाई उपचारका लागि बुटवल र नेपालगञ्ज पठाइएको पनि प्रहरीले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved