माघे सङ्क्रान्ति नजिकिएसँगै टोखाका चाकु व्यवसायीलाई भ्याई-नभ्याई (तस्वीरहरू)

माघे सङ्क्रान्ति नजिकिएसँगै टोखाका चाकु व्यवसायीहरूलाई भ्याई-नभ्याई भएको छ । चाकुको पकेट क्षेत्रसमेत मानिने टोखा चाकुका लागि निकै प्रख्यात छ ।

माघे सङ्क्रान्ति नजिकिएसँगै टोखाका चाकु व्यवसायीलाई भ्याई-नभ्याई (तस्वीरहरू)

काठमाडौं । माघे सङ्क्रान्ति नजिकिएसँगै टोखाका चाकु व्यवसायीहरूलाई भ्याई-नभ्याई भएको छ । चाकुको पकेट क्षेत्रसमेत मानिने टोखा चाकुका लागि निकै प्रख्यात छ ।

काठमाडौं उपत्यकाको पुरानो नेवार वस्ती भएको शहरमध्ये एक टोखा बजारमा अहिले चाकुको मगमग बास्ना आउँछ । अघि-पछि फुर्सदिला हुने टोखाका चाकु व्यवसायीहरूलाई अहिले चाकु बनाउने चटारो छ ।

यो सिजनमा टोखामा मात्र करिब ७ लाख केजी चाकु उत्पादन हुन्छ । जुन माघे सङ्क्रान्तिमा नेपालभर माग हुने चाकुको ७० प्रतिशतभन्दा बढी हिस्सा हो ।

काठमाडौं उपत्यकामा हरिसिद्धी, भक्तपुर, पाटन, कीर्तिपुरलगायतका क्षेत्रमा पनि चाकु बनाइन्छ । तर, उपत्यकाको ८० प्रतिशतभन्दा बढी चाकुको माग टोखाले पूर्ति गर्दछ ।

टोखामा हाल साना र ठूला गरेर १५ वटा परम्परागत चाकु बनाउने कारखाना छन् । जसमा बाजेकै पेशा अँगालेका नाति उद्यमीहरू बढी छन् । उनीहरूले अहिले पनि १०० वर्षअघिकै प्रविधि प्रयोग गर्दै उही स्वादमा चाकु उत्पादन गर्दै आएका छन् ।

तस्वीरहरू— 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved