लाइसेन्सको ट्रायल दिँदा आफ्नै सवारी प्रयोग गर्न पाउने व्यवस्था मिलाउन मन्त्री राणाको निर्देशन

नेपालभ्युज

लाइसेन्सको ट्रायल दिँदा आफ्नै सवारी प्रयोग गर्न पाउने व्यवस्था मिलाउन मन्त्री राणाको निर्देशन

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि ट्रायल दिँदा ट्रायल सेन्टरकै सवारी साधन प्रयोग गर्नुपर्ने नियम हटाउन निर्देशन दिएको छ ।

लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री सरोज थापा (रोज राणा)ले यातायात कार्यालयका प्रमुखलाई बोलाएर ट्रायल सेन्टरकै सवारी साधन प्रयोग गर्नुपर्ने नियम हटाउन निर्देशन दिएका हुन् ।

आफ्नो सवारी साधन हुँदाहुँदै शुल्क तिरेर ट्रायल सेन्टरकै सवारी साधन प्रयोग गर्नुपर्ने नियमको जनस्तरबाट व्यापक आलोचना भएपछि उनले त्यस्तो व्यवस्था हटाउन निर्देशन दिएका हुन् ।

‘‘पैसा तिरेर सवारी प्रयोग गर्नुभन्दा स्वेच्छाले सवारी साधन प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छु,’ मन्त्री थापाले भनेका छन् ।

चालक अनुमति पत्र लिने क्रममा परीक्षार्थीले स्वेच्छाले सवारी साधन ट्रायलका क्रममा प्रयोग गर्न पाउनुपर्ने माग उठेका बेला मन्त्री थापाले सर्वसाधारणलाई सहज हुने गरेर सवारी चालक अनुमति पत्र दिने व्यवस्था मिलाउन र छिटो छरितो तरिकाले सेवा प्रवाह गर्न कर्मचारीहरूलाई निर्देशन दिएको बताए ।

मन्त्री थापाले लुम्बिनी प्रदेशभित्र रहेका मापदण्ड नपुगेका ट्रायल सेन्टरहरूमा अनुगमन गरेर मापदण्डभित्र ल्याउन पनि निर्देशन दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved