सुपरस्टार बनेपछि परिवर्तन भए शाहरुख ? मनोज बाजपेयीले भने ‘हामी साथी छैनौं’

नेपालभ्युज

सुपरस्टार बनेपछि परिवर्तन भए शाहरुख ? मनोज बाजपेयीले भने ‘हामी साथी छैनौं’

एजेन्सी । मनोज बाजपेयी बलिउडका प्रतिभाशाली अभिनेता मध्ये एकमा पर्छन् । उनी जहिलेपनि पर्दामा कुनै फिल्म लिएर आउँछन् उनको अभिनयलाई हेर्दा आँखा झिक्याउन पनि मन लाग्दैन । उनी अहिले नयाँ वेब शो ‘किलर सूप’ लाई लिएर चर्चामा छन् ।

‘किलर सूप’ को प्रमोशनमा व्यस्त मनोज बाजपेयीले एक अन्तरवार्ताका क्रममा आफ्नो अभिनय यात्राका बारेमा बताएका छन् । उनले शाहरुख खानसँगको मित्रतालाई लिएर पनि आफ्नो विचार राखेका छन् ।

खासगरी मनोज बाजपेयी र शाहरुख खान वर्षौं पहिले दिल्लीको अभिनय स्कूलबाट कलाकार बन्ने यात्राको शुरुआत गरेका थिए । विगतलाई सम्झँदै उनले एउटा ठूलै कुरा भनेका छन् ।

उनले शाहरुखसँगको कुरामा भने, “शाहरुख र म दिल्लीको एउटै अभिनय स्कूलमा पढेका भए पनि हामी धेरै नजिक कहिल्यै भएनौं । किनकी उनको आफ्नो साथीहरुको घेरा थियो भने मेरो छुट्टै साथीहरु थिए ।”

साथमा उनले आफ्नो र शाहरुखको कहिल्यै पनि त्यसरी नजिकबाट कुराकानी भएन । र अहिलेको समयमा पनि उनीहरुको कुनै सम्पर्क सम्बन्ध नरहेको समेत बताए । किनकी दुबै फरक दुनियाँका व्यक्ति भएको उनको भनाई थियो ।

साथमा उनले शाहरुखको प्रसंशा गर्दै यसअघिका अन्तरवार्तामा पनि शाहरुख आफ्नै मेहनतले त्यहाँसम्म पुगेको बताएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved