भैरहवा पुगेर पूर्वराजाले भने- भाग्यको सीमा हुँदैन, भाँचिएका टुक्राहरू जोडिदिउँ

नेपालभ्युज

भैरहवा पुगेर पूर्वराजाले भने- भाग्यको सीमा हुँदैन, भाँचिएका टुक्राहरू जोडिदिउँ
फाइल फोटो

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशका सबै जनता एक ठाउँमा उभिने बेला आएको बताएका छन् । बिहीबार भैरहवामा नागरिक अभिनन्दनपश्चात सम्बोधन गर्दै उनले देशको दूरावस्थाप्रति चिन्ता प्रकट गर्दै देशका सबै जनता एक ठाउँमा उभिने बेला आएको बताएका हुन् ।

उनले देशको अहिलेको अवस्थालाई नजिकबाट नियालिरहेको पनि बताए ।

‘आज हामी कताकता हराइरहेका छौं । कताकता आफैं हारिरहेका छौं । म जता जाउँ, जहाँ पुगुँ, जनआवाज उठेको सुन्छु । मलाई आउ हाम्रो देश बनाउ र देश बचाउ, देशको सभ्यता र समृद्धी बढाउ’, उनले भने, ‘ यहाँ उभिएर म भन्दछु । म बोलिरहेछु । देश बनोस, देश बचोस भन्ने आफ्ना पुर्ख्यौली भावना इच्छा आकांक्षा पोखिरहेछु ।’

उनले आफू अन्यत्र कतै नगएको र सधैं नेपालीकै साथमा हुने बताए । ‘म कतै अन्त गएको छैन । सदा–सदा नेपालीको साथमा छु । नेपालभित्रै छु’, उनले भने, ‘भाग्यको सीमा हुँदैन । हुनु पनि हुँदैन । अब भाँचिएका टुक्राहरु जोडिदिउँ ।’

उनी नागरिक अभिनन्दनकै लागि भैरहवा गएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved