स्पेनिस ला लिगामा रियल मड्रिडको अग्रता कायमै

नेपालभ्युज

स्पेनिस ला लिगामा रियल मड्रिडको अग्रता कायमै

काठमाडौं । स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा सेल्टा भिगोले रियल बेटिसलाई पराजित गरेको छ । आज बिहान भएको प्रतिस्पर्धामा सेल्टा भिगोले रियल बेटिसलाई २–१ गोलले हराएको हो ।

भिगोको जितमा लागो अस्पास र विलियोट स्विडबर्गले एक÷एक गोल गरे भने रियल बेटिसका तर्फबाट ऐटोर रुइबलले एक गोल फर्काए ।

यो जितसँगै सेल्टा भिगो १९ खेलबाट १६ अंकसहित तालिकाको १७ औँ स्थानमा छ । पराजित रियल बेटिस २८ अंकसहित सातौँ स्थानमा छ ।
त्यस्तै हिजै भएको खेलमा रियल मड्रिडले मलोरकालाई एक सून्यले पराजित गरेको छ ।

जीतसँगै १९ खेलबाट मड्रिडको ४८ अंकसहित शीर्षस्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved