यस्तो छ नेपालमा भारतीय विदेशमन्त्री जयशंकरको कार्यतालिका

नेपालभ्युज

यस्तो छ नेपालमा भारतीय विदेशमन्त्री जयशंकरको कार्यतालिका

काठमाडौं । भारतीय विदेशमन्त्री डा. एस जयशंकर नेपाल भ्रमणका क्रममा भोली बिहीबार काठमाडौं आउँदैछन् । दुई दिने भ्रमणमा आउन लागेका विदेशमन्त्रीको कार्यतालिका यस्तो छ-

विदेशमन्त्री जयशंकर बिहीबार बिहान ९ः२० मा भारतीय वायु सेनाको विमानमार्फत त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । उनलाई परराष्ट्र सचिव सेवा लम्सालले विमानस्थलमा स्वागत गर्नेछिन् ।

केही समय आराम गरेपछि उनले भेटवार्ता सुरु गर्नेछन् । विहान ११ बजे विदेशमन्त्री जयशंकर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि शीतलनिवासमा पुग्नेछन् ।

यो सकिएपछि उनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रम निवास बालुवाटारमा भेटवार्ता हुनेछ । प्रधानमन्त्रीसँगको भेटपछि विदेशमन्त्री जयशंकर १ बजे होटल याक एण्ड यति पुग्नेछन् । त्यहाँ उनी भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुनेछन् ।

दिउँसो २ बजे माइन्युट-एमओयु र विभिन्न सम्झौतामा हस्ताक्षर हुनेछ । साँझ ६ः३० मा परराष्ट्रमन्त्रीले आयोजना गरेको रात्रीभोजमा जयशंकर सहभागी हुनेछन् ।

शुक्रबार विहान साढे ९ बजे उनले त्रिवि पुस्ताकालय तथा भुकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन गर्नेछन् । विदेशमन्त्री जयशंकर दिउँसो साढे १२ बजे दिल्ली प्रस्थान गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved