तराईमा हुस्सु लागेसँगै सवारी दुर्घटना बढ्यो, बुटवलमा एक साइकल यात्रीको मृत्यु

नेपालभ्युज

तराईमा हुस्सु लागेसँगै सवारी दुर्घटना बढ्यो, बुटवलमा एक साइकल यात्रीको मृत्यु

काठमाडौं । तराईमा हुस्सु लागेसँगै सडक दुर्घटना बढ्न थालेको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको बसले साईकलयात्रीलाई ठक्कर दिँदा आज विहान एक व्यक्तिको मृत्यु भएको छ ।

बुटवलको मिलनचोकमा भएको करिब ४० वर्षीय पुरुषको मृत्यु भएको हो । बससले ठक्कर दिएपछि बसको चक्कामुनि परेका साईकलयात्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको सनाखत हुन सकेको छैन । शवलाई लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । बस र चालकलाई ईलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved