आफ्नो इँटाभट्टा उद्योग अरुले नै सञ्चालन गरेको भन्दै न्यायिक समितिमा उजुरी

नेपालभ्युज

आफ्नो इँटाभट्टा उद्योग अरुले नै सञ्चालन गरेको भन्दै न्यायिक समितिमा उजुरी

काठमाडौं । आफ्नो इँट्टाभट्टा जानकारी नदिई अर्कै व्यक्तिले सञ्चालन गरेको भन्दै सर्लाहीको हरिपुर नगरपालिकाको न्यायिक समितिमा उजुरी परेको छ । आफ्नो नाममा रहेको प्रशना इँटा उद्याग अरु नै व्यक्तिले सञ्चालन गरिरहेकाले सो विवाद समाधान गरिदिनू भन्दै न्यायिक समितिमा उजुरी परेको हो ।

लालबन्दी नगरपालिका–६ का उमेश खड्काले उजुरी हालेका हुन् । उनकाअनुसार आफ्नो नाममा रहेको सो उद्योग आफूसँग सहमति नलिई चन्द्रनगर गाउँपालिका–६ का वीरेन्द्र महतोले सञ्चालन गरिरहेका छन् ।

उद्योग हरिपुर नगरपालिका–६ मा रहेको छ । उनले आफू नभएको बेला आफूलाई जानकारी नै नदिई उद्योग सञ्चालन गरेकाले समस्या भएको बताए । ‘अहिले समस्या सुल्झ्याउन न्यायिक समिति पुगेको छु ।’ उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved