संसारका सबैभन्दा महंगा फल, जसलाई खरिद गर्न सोच्नैपर्छ

नेपालभ्युज

संसारका सबैभन्दा महंगा फल, जसलाई खरिद गर्न सोच्नैपर्छ

एजेन्सी । शरीरलाई स्वस्थ राख्नफूल खानपानमा समावेश गराइन्छ । दैनिक रुपमा हामीले पनि धेरै प्रकारका फल खाने गर्छौं ।

संसारमा यस्ता फल पनि पाइन्छ जसलाई सामान्य मान्छेले खरिद गर्न सक्दैनन् । त्यस्तै केही महंगा फलका बारेमा जानौं जसको मूल्य सुनेर तपाईं अचम्म पर्नुहुनेछ ।

रुबी रोमन अंगुर

यो संसारको सबैभन्दा महंगो फलमा गनिन्छ । यो अंगुरको तौल करीब २० ग्राम वा त्यो भन्दा धेरै हुन्छ । त्यहीँ यसको मूल्य पनि किलोको करीब ८ हजार ४ सय डलर पर्दछ ।

लस्ट गार्डेन अफ हेलिगन, भूँइकटहर

यो फल ब्रिटेनमा फलाइन्छ । यो भूँइकटहको मूल्य लगभग १५ सय डलर पर्दछ ।

सेम्बिकिया क्वीन स्ट्रबेरी

यो फल आफ्नो अनौठो स्वाद र बनावटका लागि चिनिन्छ । यो स्ट्रबेरी जापानमा फलाइन्छ । यसको मूल्यको कुरा गर्ने हो भने, १२ दानाको ८५ डलर पर्दछ ।

डेंसुके तरबुजा

यो फलको खेती पनि जापानको उत्तर पूर्वी द्वीपमा हुने गर्छ । यो फल कालो तरबुजाको नामले पनि प्रसिद्ध छ । यसको तौल लगभग ११ किलोग्राम हुन्छ र यसको मूल्य करीब २५० डलर पर्दछ ।

युबारी खरबुजा

यो खरबुजा संसारको सबैभन्दा महंगो फलमा गनिएको छ । यो जापानमा मात्र फलाइन्छ । यसको नाम युबारीमा भएको ग्रीनहाउसको नामबाट राखिएको हो । जसको मूल्य करीब ३० हजार डलरसम्म पर्दछ ।

डेकोपेन साइट्रस

यो फलमा बीज नै हुँदैन । तर यसको स्वाद एकदमै गुलियो हुन्छ । यो फलको खेती पनि जापानमा हुन्छ । जसको मूल्य करीब ८० डलर पर्दछ ।

मियाजाकी आँप

यो फल पनि जापानकै हो । यो फल खाँदा एकदमै गुलियो र विभिन्न गुणले भरपूर हुन्छ । यसको मूल्य अन्य आँपको तुलनामा एकदमै धेरै छ । यसको मूल्य किलोको १५ सय डलरसम्म पर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved