वसन्तपुरमा मनाइयो ११ औं टोपी दिवस (तस्वीरहरू)

‘नेपाली टोपी : नेपाली पहिचान’ भन्ने नारासहित यस वर्षको नेपाली टोपी दिवस मनाइएको हो ।

वसन्तपुरमा मनाइयो ११ औं टोपी दिवस (तस्वीरहरू)

काठमाडौं । विभिन्न कार्यक्रम गरी आज ११ औं टोपी दिवस मनाइएको छ । जागरुक युवा अभियान नेपालको आयोजनामा सोमबार काठमाडौंको वसन्तुपुरमा कार्यक्रम गरिएको हो ।

‘नेपाली टोपी : नेपाली पहिचान’ भन्ने नारासहित यस वर्षको नेपाली टोपी दिवस मनाइएको हो ।

दौरा सुरुवाल, टोपी र गुन्युचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि अभियानले नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी) लाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गर्न माग गर्दै नेपाली टोपी दिवस मनाउँदै आएका छन् ।

उनीहरुले ‘नेपाली टोपी लगाऔँ, पहिचान बढाऔँ, विश्वको पहिचान पढौँ, नेपाली पहिचान तोकौँ, सामुदायिक टोपीको सम्मान, नेपाली टोपी हाम्रो पहिचान’ लगायत लखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved