नेपाली समुदायले आज टोपी दिवस मनाउँदै

नेपालभ्युज

नेपाली समुदायले आज टोपी दिवस मनाउँदै
फाइल तश्वीर

काठमाडौं । नेपाली समुदायले आज राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाउदै छ । पछिल्लो समय हरेक वर्ष ईस्वी संवतको नयाँ वर्षका दिन नेपालमा यो दिवस मनाउने गरिन्छ ।

नेपाली टोपी र पोसाकको प्रवर्द्धन गर्ने उद्देश्यसहित स्वतःस्फूर्त रुपमा नयाँ वर्षको पहिलो दिन यो दिवस मनाउन थालिएको हो ।

नेपालीको पहिचानका रुपमा रहेको भाद्गाउँले टोपी र ढाका टोपीलाई विश्वसामु चिनाउन अनौपचारिकरुपमा दिवस मनाउने क्रम सुरु भएको हो । पछिल्लो समय नेपालमा मात्रै नभई विदेशमा रहेका नेपालीले समेत परम्परागत ढाका र भादगाउँले टोपी लगाएर यो दिवस मनाउने गरेका छन् ।

मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले १० वर्ष अघिदेखि टोपी दिवस मनाउने अभियान थालेका थिए ।

अभियानका रूपमा सुरु भएको टोपी दिवसले सामाजिक सञ्जालका कारण व्यापकता पाउदै गएको छ । यद्यपी टोपी दिवसका पक्ष विपक्षमा बहस गर्नेहरु पनि उत्तिकै छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved