अपहरण गरी १३ लाख असुलेको आरोपमा चारजना पक्राउ

नेपालभ्युज

अपहरण गरी १३ लाख असुलेको आरोपमा चारजना पक्राउ

काठमाडौं । अपहरण गरी रकम असुलेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । काठमाडौंको चाबहिलबाट एक व्यक्तिलाई अपरहण गरी साढे १३ लाख रुपैयाँ असुलेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकका तेजमान तामाङ, सौगात तामाङ, छेवाङ थिङ र सम्राट भन्ने वीरे तामाङ रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले रसुवाका हिस्सी थाया तामाङलाई १० मंसिरमा चाबहिलबाट अपहरण गरेका थिए । जबरजस्ती ट्याक्सीमा राखेर जंगलको बाटो हुँदै राति गागलफेदीको होटलमा राखेका थिए । हिस्सी थाया तामाङको चेक प्रयोग गरेर १३ लाख ५० हजार निकालेपछि उनलाई छाडेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved