गुरुङ समुदायले आज तमु ल्होसार मनाउँदै

नेपालभ्युज

गुरुङ समुदायले आज तमु ल्होसार मनाउँदै
फाइल फोटो

काठमाडौं । गुरुङ समुदायले आज नयाँ वर्षलाई स्वागत गरेर तमु ल्होसार पर्व भव्यरुपमा मनाउँदै छन् ।

पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागतका रुपमा ‘तमु ल्होसार’ पर्व मनाउने गरिन्छ । गुरुङ समुदायको बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा ल्होसारको रौनक विशेष हुने गर्छ ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।

यसैबीच सरकारले आज सार्वजनिक विदा दिएको छ । ‘तमु ल्होसार’का अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा दलका नेताहरुले शुभकामना सन्देश जारी गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved