नेपालको राजनीति सुदृढ गर्दै लानुपर्छ : देउवा

नेपालभ्युज

नेपालको राजनीति सुदृढ गर्दै लानुपर्छ : देउवा

जनकपुरधाम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको राजनीति सुदृढ गर्दै लैजानुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस मधेस प्रदेश सम्मेलनको जनकपुरधाममा बिहीबार उद्घाटन सत्रलाई सम्बाेधन गर्दै सभापति देउवाले राजनीतिलाई सुदृढ गर्दै लैजानुपर्ने बताएका हुन्  ।  उनले नेपाली राजनीतिलाई बलियो बनाउन कांग्रेसले अभियान चालि सकेकाे बताए ।

देउवाले पार्टीलाई अन्तर्घातको रोगबाट मुक्त बनाउनुपर्ने बताउँदै कांग्रेस भित्रको सबै खाले गुट उपगुटहरु ताेड्नु पर्ने बताए । देउवाले कांग्रेस पार्टीमा रहेको अन्तर्घात रोग मधेसबाटै अभियान चलाएर मुक्त बनाउनु पर्ने बताए ।

उनले देशमा मिश्रित निर्वाचन प्रणाली रहे सम्म कुनै पनि दलको स्पष्ट बहुमत आउने सम्भावना नरहेकाे बताए । देउवाले भने, ‘अहिले कांग्रेस ठूलो पार्टी भए जस्तै भोलिका दिनमा अन्तर्घात नगरी ठूलो पार्टी बनाउने अभियान मधेश प्रदेश बाटै सुरु गर्नु आवश्यक छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved