जनकपुर-जयनगर रेल सेवा दुई दिन बिनातालिका चल्ने

नेपालभ्युज

जनकपुर-जयनगर रेल सेवा दुई दिन बिनातालिका चल्ने

जनकपुरधाम । सीताराम विवाहपञ्चमी मेलामा आएका श्रद्धालु भक्तजनलाई लक्षित गरी दुई दिन जनकपुर–जयनगर रेल सेवा बिनातालिका संचालन हुने भएको छ ।

भोलि बेलुकासम्मका लागि जनकपुरदेखि भंगहासम्मको रेल सञ्चालन सेवा पनि रेल्वे कम्पनीले स्थगित गरेको छ ।

कम्पनीका प्रबन्धक निरञ्जन झाले आइतबार एक सूचना जारी गर्दै भंगहा खण्डमा रेल सेवा स्थगित गरेको जानकारी गराएका हुन् ।

भंगहादेखि जयनगरसम्म दिउँसो आउने र जाने गरी दुईपटक र जनकपुरबाट आउने जाने गरी चारपटक रेलसेवा नियमित संचालनमा रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved