युक्रेन इयुमा सामेल हुन अझै धेरै बाँकी छः फ्रान्सेली राष्ट्रपति

नेपालभ्युज

युक्रेन इयुमा सामेल हुन अझै धेरै बाँकी छः फ्रान्सेली राष्ट्रपति

ब्रसेल्स । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनले युरोपेली संघको अन्तिम सदस्यता प्राप्त गर्न अझै धेरै बाँकी रहेको बताएका छन् ।

युक्रेनको ठूलो कृषि क्षेत्रलाई युरोपेली संघमा स्वागत गर्दा फ्रान्सका किसानहरूमा पर्ने असरबारे सोधिएको प्रश्नको जवाफ दिँदै म्याक्रोनले तयारी गर्न अझै समय बाँकी रहेको जवाफ दिएका छन् ।

“हामी युक्रेनको इयुमा हुने भनिएको प्रवेशबाट धेरै टाढा छौं कुनै पनि अवस्थामा विस्तार गर्नुपर्ने भए पनि हाम्रा नियमहरूमा गहिरो सुधार आवश्यक हुनेछ र यो ठूलो कोष वृद्धिबाट मात्र सम्भव हुनेछ,” उनले भने।

राष्ट्रपतिको यो टिप्पणीबाट युक्रेनले सहजै छिट्टै इयुको सदस्यता पाउने सम्भावना निकै कम देखिन्छ । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved