माओवादी पदाधिकारी बैठक बस्दै

नेपालभ्युज

माओवादी पदाधिकारी बैठक बस्दै

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएको छ ।

पुस ३ गते प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

उनकाअनुसार बैठकमा पछिल्लो राष्ट्रिय राजनीति, पार्टीले सञ्चालन गरेको विशेष रूपान्तरण अभियान, सरकारको एक वर्षे कार्यकाल, पार्टी एकता, विधान सम्मेलनलगायत विषयमा छलफल हुनेछ ।

माओवादीले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)सँग चाँडै पार्टी एकता गर्ने नेताहरूले बताएका छन् । त्यसबारे विशेष छलफल हुने नेताहरूले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved