आर्थिक मन्दीको प्रभाव : पर्सामा मात्रै १७७ उद्योग बन्द

नेपालभ्युज

आर्थिक मन्दीको प्रभाव : पर्सामा मात्रै १७७ उद्योग बन्द

वीरगञ्ज (पर्सा)। आर्थिक मन्दीका कारण पर्सामा आर्थिक वर्ष २०७९-८० मा १७७ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यायलका अनुसार आर्थिक वर्ष २०७९-८० मा १७७ उद्योगले लगत कट्टा गराएका छन् । आव २०७८-७९ मा पर्सामा १५२ उद्योगले लगत कट्टा गरिएका थिए ।

बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योगहरुको धमाधम बन्द भएका घरेलु तथा साना उद्योग कार्यालय प्रमुख धनञ्जयकुमार सिंहले बताए ।

घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष २०७९-८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएका थिएभने आव २०७८-८९ मा एक हजार ४८० उद्योग दर्ता भएका थिए ।

आव २०७९-८० मा एक हजार २७५ उद्योगको नवीकरण, १६५ वटाको पुँजीवृद्धि, ३३ वटाको ठाउँसारी र ८४ वटाको नामसारी भएको सो कार्यालय जनाएको छ । आर्थिकवबर्ष २०७९-८० मा रु. एक करोड ६ लाख ३९ हजार २५० राजस्व सङ्कलन भएको थियो ।

उक्त आवमा चार हजार ४६० जनाले रोजगारी पाएको प्रमुख सिंहले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved