हर्क साम्पाङ भन्छन्- एकजनाले राजा ल्याउँछु भनेर हुँदैन, गणतन्त्रको विकल्प छैन

नेपालभ्युज

हर्क साम्पाङ भन्छन्- एकजनाले राजा ल्याउँछु भनेर हुँदैन, गणतन्त्रको विकल्प छैन

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पुन: राजतन्त्र फर्किनु असम्भव रहेको बताएका छन् । ऋषि धमलाको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा अन्तर्वार्ता दिने क्रममा उनले भनेका छन्— राजतन्त्र फर्कन असम्भव छ ।

उनले एकजनाले राजा ल्याउँछु भनेर सम्भव नहुने बताए । “गणतन्त्रको विकल्प छैन । एकजना मान्छेले राजा ल्याउँछु भनेर सम्भव हुन्छ र ? गणतन्त्र नै सबैभन्दा राम्रो हो, जहाँचाहिँ खेतीकिसानी गर्ने एकजना किसान पनि राष्ट्रप्रमुख बन्नसक्छ । तर, राजतन्त्रमा त त्यो हुँदैन । एउटा परिवारमा जन्मिएको मान्छे नै भइराख्ने, उसलाई धुपधुँवालो गरिरहनेमात्रै शक्तिमा भइराख्ने । त्यसैले गणतन्त्र नै ठीक छ,” उनले भने ।

साम्पाङले वर्तमान व्यवस्थाबाट बनेको सदनभित्र राजतन्त्रको पक्षमा वकालत गर्न नैतिकरूपमा नमिल्ने बताए । “नैतिकरूपमा संसद्‌भित्र राजा वा राजतन्त्रको कुरै गर्न पाइँदैन । यो व्यवस्थामा बसेर; आफैँ बसेको कुर्सीको खुट्टा भाँच्न मिल्दैन,” उनले भने ।

आफू पनि गणतन्त्रकै पक्षमा भएको उनले बताए । “यसको विकल्प खोज्ने बेलै भएको छैन । म आफैँचाहिँ गणतन्त्रको मेयर हो नि । गणतन्त्र मन नपरेको भए म किन उठ्नु चुनावमा ?,” उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved