माझ किरातमा एमालेले राखेन जनसभा, भेटघाट र छलफल मात्रै गर्ने

नेपालभ्युज

माझ किरातमा एमालेले राखेन जनसभा, भेटघाट र छलफल मात्रै गर्ने

काठमाडौं । पहिचान पक्षधरको आधार इलाका मानिएको माझ किरात पुगेको एमाले नेतृत्वको टोली रक्षात्मक देखिएको छ । मध्य पहाडी यात्रामा रहेको एमाले नेतृत्वको टोली कोशी प्रदेश प्रवेश गरेसँगै नरम बनेको हो ।

संकल्प यात्राका क्रममा अध्यक्ष केपी ओली नेतृत्वको टोली यतिबेला पूर्वी पहाडी जिल्लामा छ । संकल्प यात्रा शुरू गर्दा कोशीका पहिचान पक्षधरप्रति कडा आलोचना गर्ने ओली माझ किरात पुगेपछि भने सम्हालिएका छन् ।

ओखलढुङ्गाको हर्कपुरमा हिजो आयोजित सभामा उनले गरेको अभिव्यक्तिले पनि यहि पुष्टि गरेको छ । यसअघि पहिचान पक्षधरप्रति आक्रामक देखिने ओली हिजो भने शान्त सुनिएका थिए । हर्कपुरमा ओलीले पहिचानवादीका नाममा भइरहेका आन्दोलनलाई वैधानिक र शान्तिपूर्ण बनाउन सुझाएका थिए ।

गत मंसिर १४ गते सुदूरपश्चिमबाट सुरु भएको एमालेको मध्यपहाडी संकल्प यात्रा हिजोदेखि कोशी प्रदेश प्रवेश गरेको हो । हिजोसम्म जनसभा र भिड देखाउदै हिडेको एमाले टोलीले आज भने समान्य भेटघाट र संवाद गर्ने कार्यक्रम मात्रै राखेको छ ।

टेम्केमयुङमा कायकर्ताहरूसँग भेटघाट गर्ने र दिउँसो टक्सार बजारको अनुगमन तथा उद्योगी व्यापारीसँग छलफल गर्नेे प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

प्रदेश एकको नाम कोशी राखेपछि पहिचान पक्षधर पछिल्लो समय निरन्तर आन्दोलनमा छ । कोशी प्रदेश नामांकन हुनुमा एमालेको भूमिकालाई सो समूहले मुख्य कारक ठान्दै आएको छ ।

एमालेसहितका ८२ जना सांसदले कोशी नामको पक्षमा मतदान गरेको भन्दै कोशीको मध्य पहाडी जिल्लामा आन्दोलन केन्द्रित गरिएको पुनः नामांकन संयुक्त संघर्ष समितिले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved