प्रोटिनको कमीले महिलालाई हुन सक्छन् यस्ता समस्या

नेपालभ्युज

प्रोटिनको कमीले महिलालाई हुन सक्छन् यस्ता समस्या

एजेन्सी । प्रोटिनको कमी कसैलाई पनि हुन सक्छ तर आज हामीले जान्नेछौं कि महिलामा प्रोटिनको कमी हुँदा सुरुआती लक्षण कस्ता देखिन्छन् भन्नेबारे । यी लक्षणहरुलाई भुलेर पनि बेवास्ता गर्नु हुँदैन ।

प्रोटिन शरीरका लागि एकदमै आवश्यक र फाइदाजनक हुन्छ । यसले हड्डीलाई बलियो बनाउन, तौल नियन्त्रण गर्न, हर्मोन ब्यालेन्स गर्न, छाला र कपालका लागि पनि एकदमै फाइदाजनक हुन्छ ।

आउनुहोस् जानौं महिलाहरुमा प्रोटिनको कमी हुँदा कस्ता लक्षण देखिन्छन् ।

  • प्रोटिनको कमी हुँदा हड्डीहरु कमजोर हुन सक्छन् । यसको कारण तपाईंलाई फ्र्याक्चर वा सानो चोट लाग्दा पनि हड्डी भाँचिने खतरा हुन्छ ।
  • प्रोटिनले हर्मोनको उत्पादन र व्यवस्थापनमा एकदमै महत्वपूर्ण भूमिका खेल्छ । एस्ट्रोजन, प्रोजेस्टेरोन र इन्सुलिन जस्ता हर्मोन महिनावारी, फर्टिलिटी, मेटाबोलिज्मका लागि आवश्यक हुन्छ ।
  • प्रोटिनको कमीले हर्मोन असन्तुलित हुन सक्छ ।
  • प्रोटिनको कमीले महिलाको कपाल धेरै झर्ने गर्छ । यसले कपालको प्राकृतिक चमक पनि गायब हुन्छ र कमजोर भएर झर्न थाल्छ ।
  • कैयौं महिलाका नङ थोरै लामो हुने बित्तिकै टुक्रिने गर्छन् । यसरी नङ पटकपटक टुक्रिनु पनि प्रोटिनको कमीको संकेत हो । तपाईंले यो संकेतलाई पनि बेवास्ता नगर्नुहोला ।
  • तपाईंको शरीरमा प्रोटिनको कमी छ भने छाला सुख्खा हुन थाल्छ । प्रोटिनको कमीले रुखो छाला र दागको समस्या पनि हुन सक्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved