आज बालाचतुर्दशी : शिवालयमा श्रद्वालुको घुइँचो (तस्वीरहरू)

आज बालाचतुर्दशी : शिवालयमा श्रद्वालुको घुइँचो (तस्वीरहरू)

काठमाडौं । बालाचतुर्दशी पर्व आज हिन्दू धर्मावलम्बीहरूले  आफ्ना दिवङ्गत पितृका नाममा शतबीज छरी मनाउँदै छन् ।

प्रत्येक वर्ष मंसिर कृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरिन्छ ।

यस अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा श्रद्धालुको भीड लाग्ने गर्दछ । बालाचतुर्दशीको अघिल्लो रात बिहीबार दिवङ्गत पितृका नाममा महादीपदान गरि रातभर जाग्राम बसेका भक्तजनले आज बिहानै पितृको सम्झनामा शतबीज छरेका हुन् ।

सयवटा बीज अर्थात शतबीज भनिएपनि हाल सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) शिवालय वरपर छर्ने प्रचलन रहिआएको छ। यसरी छरेको बीज उम्रन पर्ने पनि धार्मिक मान्यता रहिआएको छ।

हेर्नुहोस तस्वीरहरु :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved