देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनुपर्छः पूर्वप्रधानन्यायाधीश कार्की

नेपालभ्युज

देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनुपर्छः पूर्वप्रधानन्यायाधीश कार्की

काठमाडौं । पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीले देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनुपर्ने बताएकी छन् ।आईतबार मानव अधिकार तथा शान्ति समाजद्वारा आयोजित ‘लोकतन्त्रको प्राणः सुशासन र सद्भाव’विषयक नागरिक संवाद कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश कार्कीले देशमा भ्रष्टाचार नहुने वतावरण बनाउनुपर्ने बताएकी हुन्।

उनले देशमा सबै कुराहरु राम्रो भएपनि नेताहरु भने भ्रष्ट रहेको बताईन् । उनले भोलि आउने नेताहरु पनि भ्रष्ट हुने अवस्था रहेको भन्दै देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनु जरुरी रहेको बताईन् । उनले भ्रष्टाचारको सन्दर्भमा नेताहरुलाई मात्रै दोष दिन भने नमिल्ने बताईन् ।

पूर्वप्रधानन्यायाधीश कार्कीले सरकारको मानसिकता ‘जफत गर्ने’ मात्रै भएको टिप्पणी गरिन् । उनले नागरिकसँग भएका जेथाहरु समेत राजनीतिक दलका कार्यकर्ताहले जफत गर्ने गरेको बताईन् । उनले राजनीतिक दलहरु सँग गुण्डा, फटाहा र मवाली मात्रै कार्यकर्ताहरु रहेका उनले बताईन् । आम नागरिकमा आर्थिक अभाव भएपनि दलका कार्यकर्ताहरुसँग भने करोडौँ सम्पती भएको उनको भनाई छ ।

पूर्वप्रधानन्यायाधीश कार्कीले देशमा देखिएका विसंगतिका कारण व्यवस्था जाने अवस्था भने नआउने बताईन् । उनले संविधानमा देखिएका समस्याहरुलाई भने संशोधन गर्दै जान सकिने बताईन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved