अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस : नेपाल कालो सूचीबाट कहिले हट्ला ?

नेपालभ्युज

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस : नेपाल कालो सूचीबाट कहिले हट्ला ?

आज डिसेम्बर ७ तारिख अर्थात् अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस । नेपालमा पनि वर्षेनी यो दिवस उड्डयन सुरक्षा र ब्यवस्थापनका विषय अन्र्तक्रिया गरेर मनाउने गरिन्छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण आइकाओले हरेक वर्ष डिसेम्बर ७ का दिन यो दिवस मनाउँदै आएको हो ।

आइकाओले शिकागो कन्भेन्सन लागू भएपछि सन् १९९४ देखि नै यो दिवस मनाउँदै आएको हो ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९६ मा डिसेम्बर ७ लाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको मान्यता दिएको थियो । आइकाओमा नेपालसहित १ सय ९२ राष्ट्र सदस्य छन् ।

हवाइ असुरक्षाका कारण नेपाल कालोसूचिमा छ । नेपाल सरकारले पटक–पटक प्रयास गरे पनि युरोपियन कमिसनको मोभिलिटी एण्ड ट्रान्सपोर्ट डिभिजनले नेपाली वायुसेवा कम्पनीलाई कालो सूचीबाट हटाउन मानिरहेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved