लोसपाले बोलायो केन्द्रीय समिति बैठक

नेपालभ्युज

लोसपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

बुधबार बबरमहलस्थित केन्द्रीय कार्यालयमा बसेको शीर्ष नेताहरुको छलफलले मंसिर २४ र २५ गते काठमाडौँमा केन्द्रीय समितिको बैठक बोलाउने निर्णय भएको लोसपाका सचिव मनिष मिश्रले जानकारी दिए ।

मिश्रका अनुसार बैठकमा राष्ट्रिय सभाको चुनाव, केन्द्रीय समिति विस्तार, महाधिवेशन, भातृ संगठन गठनलगायतका विषयमा छलफल हुनेछ ।

असोजमा केन्द्रीय समिति घोषणा गरेको  लोसपाको यो पहिलो बैठक हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved