गुराँसको राउटे बस्तीमा एमाले अध्यक्ष ओली (तस्वीरहरू)

राउटेले दिए कोसी उपहार

दैलेखको गुराँस गाउँपालिकामा बस्दै आएका राउटेलाई भेट्न एमाले अध्यक्ष ओली सोमबार त्यहाँ पुगेका हुन् ।

गुराँसको राउटे बस्तीमा एमाले अध्यक्ष ओली (तस्वीरहरू)

सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लोपोउन्मुख राउटेको बस्तीमा पुगेका छन् । दैलेखको गुराँस गाउँपालिकामा बस्दै आएका राउटेलाई भेट्न एमाले अध्यक्ष ओली सोमबार त्यहाँ पुगेका हुन् ।

ओलीलाई राउटे मुखिया सूर्यप्रकाश शाहीले कोसी उपहारसमेत दिएका छन् ।

एमालेको ‘झुलाघाट चिवाभन्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा दैलेख जिल्लाको गुराँसे गाउँपालिकामा आएका अध्यक्ष ओलीलाई राउटेले कोसी उपहार दिएका हुन् ।

राउटेसँगको भेटमा ओलीले राउटे समुदायको अस्तित्व बचाउँदै जीविकोपार्जनमा सहजीकरण गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved