सर्वोच्चलाई सञ्चार मन्त्रालयको जवाफ- टिकटक नियमन गर्न कठिन छ, प्रतिबन्धको विकल्पै भएन

सर्वोच्च अदालतलाई जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तत्काल टिकटकमा प्रतिबन्ध लगाउनुको विकल्प नभएको जनाएको छ ।

नेपालभ्युज

सर्वोच्चलाई सञ्चार मन्त्रालयको जवाफ- टिकटक नियमन गर्न कठिन छ, प्रतिबन्धको विकल्पै भएन

काठमाडौं । सर्वोच्च अदालतलाई जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तत्काल टिकटकमा प्रतिबन्ध लगाउनुको विकल्प नभएको जनाएको छ । मन्त्रालयले तत्काल सामाजिक सञ्जाल टिकटकका गतिविधि नियमन गर्न सम्भव नभएको प्रतिबन्ध कायम राख्नुपर्ने जवाफ दिएको हो ।

टिकटक प्रतिबन्धविरुद्ध परेका रिटको सुनुवाइका क्रममा सर्वोच्च अदालतले सरकारसँग मागेको जवाफमा मन्त्रालयले अहिलेकै अवस्था प्रतिबन्ध फुकुवा गर्न नसकिने जनाएको हो ।

‘अन्य सामाजिक सञ्जालले कम्युनिटी गाइडलाइन विरुद्धका सामग्री हटाउने गरेको भए पनि टिकटकले रियल टाइमका सामग्री हटाउन नसक्नुको अलवा लाइभ भिडियोहरु रेकर्ड गरी अन्य सामाजिक सञ्जालमा समेत शेयर गर्ने गरेकाले टिकटकको तत्कालीन अवस्थामा नियमन सम्भव नभएको स्थिति हो’, मन्त्रालयको जवाफमा भनिएको छ ।

टिकटक प्रतिबन्धविरुद्ध परेका रिटमा सर्वोच्चले सरकारलाई कारण देखाउ आदेश दिएको थियो । टिकटक प्रतिबन्धविरुद्ध सार्वोच्चमा १४ वटा रिट परेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved