‘परदेशी २’ ले मनायो ५१ दिन, कति कमायो ?

नेपालभ्युज

‘परदेशी २’ ले मनायो ५१ दिन, कति कमायो ?

काठमाडौं। फिल्म ‘परदेशी २’ ले शनिबार प्रदर्शनको ५१ दिन पूरा गरेको छ । नारायण रायमाझी निर्देशित ‘परदेशी २’ संघीय राजधानी र मोफसलका केही हलमा अहिले पनि फिल्म प्रदर्शन भइरहेको  छ।

५१ दिनको खुसी सेलिब्रेसन गर्न आयोजित समारोहमा कलाकारहरू प्रकाश सपुत, केकी अधिकारी, निर्माता वंशल लगायत सहभागी रहे । निर्देशक रायमाझी भने फिल्म चलाउन अमेरिका दौडाहामा छन् ।

फिल्मले यो मितिसम्म आठ करोड रुपैयाँ हाराहारीमा कमाइ गरेको निर्माता निर्माता राजेश वंशलले जानकारी दिए ।

तर यो कमाइ आधिकारिक नभएको उनको भनाइ छ । अहिले पनि कतिपय हलमा चलिरहेको छ । हिसाब आउन बाँकी छ । त्यो मोटामोटी हिसाब भएको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved