अमिताभले यी अभिनेतासँग काम गर्दा रिसाइन् बुहारी ऐश्वर्या

नेपालभ्युज

अमिताभले यी अभिनेतासँग काम गर्दा रिसाइन् बुहारी ऐश्वर्या

एजेन्सी । बलिउडको बच्चन परिवार कुनै न कुनै कारणले प्रायः चर्चामा आइरहेको हुन्छ । बुहारी ऐश्वर्या रायको बच्चन परिवारसँग विवादको खबर पनि बेला बेलामा आउने गरेको छ ।

त्यसो त ऐश्वर्या आफ्ना ससुरा अमिताभ बच्चनलाई एकदमै धेरै आदर तथा सम्मान गर्छिन् । भारतका महानायक अमिताभ बच्चन पनि आफ्नी बुहारी ऐश्वर्यालाई छोरी जसरी माया गर्छन् ।

एकपटक ऐश्वर्या आफ्ना ससुरा अमिताभ बच्चनसँग एकदमै धेरै रिसाएकी थिइन् । अमिताभ बच्चन फिल्म ‘चेहरे’ को शुटिंग गरिरहेका थिए । अमिताभले इमरान हाश्मीसँग काम गरेको ऐश्वर्यालाई कत्ति पनि मन परेको थिएन ।

इमरान हाशमीलाई ऐश्वर्या रायले खासै मन पराउँदिनन् । खास कुरा के थियो भने, इमरान हाशमी ‘कफी विद करण’ मा गएका थिए जहाँ उनले ऐश्वर्यालाई प्लास्टिक सुन्दरी भनेका थिए । ऐश्वर्याले इमरान हाशमीकै कारण फिल्म ‘बादशाह’ मा काम गर्न अश्वीकार गरेकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved