धेरै भिटामिन डी लिँदा पनि शरीरलाई हुन सक्छ नोक्सान

नेपालभ्युज

धेरै भिटामिन डी लिँदा पनि शरीरलाई हुन सक्छ नोक्सान

एजेन्सी । भिटामिन डी शरीरका लागि एकदमै फाइदाजनक हुन्छ र आवश्यक पनि छ । भिटामिन डी ले हाम्रो शरीरमा हड्डीको निर्माण तथा विकासमा सहयोग गर्छ । तर यसको अत्यधिक डोज लिनु पनि शरीरका लागि नोक्सानदायक हुन सक्छ । विस्तारमा जानौं –

भिटामिन डी को धेरै मात्रा सेवन गरिरहेमा यसले किड्नीलाई खराब गर्न पनि सक्छ । भिटामिन डी को धेरै डोज लिँदा रगतमा क्याल्सियमको मात्रा बढ्छ जसले किड्नीलाई नोक्सान पुर्‍याउँछ । यसले गर्दा तपाईंलाई ज्वरो आउने, वाकवाकीको समस्या हुन सक्छ ।

त्यसो त हड्डीको निर्माणका लागि भिटामिन डी को एकदमै धेरै आवश्यकता हुन्छ तर अत्यधिक मात्रामा भिटामिन डी लिँदा यसले हड्डीलाई नै नोक्सान पुर्‍याउँछ । यसले गर्दा तपाईंको हड्डी दुख्ने तथा फ्रयाक्चरको समस्या हुन सक्छ ।

भिटामिन डीको मात्रा धेरै भयो भने यसले हृदयघात हुने समस्या पनि हुन सक्छ । भिटामिन डीको ओवरडोजले मुटुको नसामा क्याल्सियम धेरै जम्मा गर्छ जसले गर्दा हृदय घातको खतरा कैयौं गुणा बढेर जान्छ ।

भिटामिन डी शरीरमा धेरै भयो भने फस्फेट र क्याल्सियमको मात्रा बढाउँछ जसले गर्दा फोक्सोमा क्रिस्टल जम्मा हुन थाल्छ र यसले फोक्सोलाई काम गर्नबाट रोक्ने गर्छ ।

भिटामिन डीको डोज धेरै भयो भने हुने अर्को समस्यामा हाइपरलकसीमिया पनि पर्छ । हाइपरलकसीमिया हुँदा शरीरमा क्याल्सियमको मात्रा एकदमै धेरै हुन्छ जसले गर्दा भोक नलाग्ने, चिडचिडापनको समस्या हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved