सामसङ ‘ग्यालेक्सी ए आइ’ले नयाँ युगमा पुर्‍याउँदै, यस्ता छन् विशेषता

नेपालभ्युज

सामसङ ‘ग्यालेक्सी ए आइ’ले नयाँ युगमा पुर्‍याउँदै, यस्ता छन् विशेषता

काठमाडौं । सामसङ ग्यालेक्सीले इन्टरनेटको पहुँचलाई सहज गरी क्यामरालाई सञ्चारको माध्यम बनाइदिएको छ जुन बिना हामी बाँच्नै नसक्ने भइसकेका छौँ । अहिले सबैको आँखा ए आइ मा केन्द्रित भएपनि यसको केही खास विशेषताहरू अझैसम्म मोबाइल प्रविधिमा आइसकेका छैनन् ।

ग्यालेक्सी त्यसलाई बदल्ने तयारीमा रहेको कम्पनीले जनाएको छ । सबैलाई सबै ठाउँमा, सशक्त बनाउने गरी निर्माण गरिएको ग्यालेक्सी ए आइ  मोबाइलको एक विश्वव्यापी इन्टेलिजेन्स हो, जुन यसभन्दा अघि कसैले कहिल्यै देखेका थिएनन् । यसको महत्व बढी रहेको ठाउँमा नयाँ सम्भावना लिएर पुग्ने कम्पनीले जनाएको छ ।

ग्यालेक्सी ए आइ मा दुई किसिमका ए आइ प्रविधि समावेश छ । सामसङद्वारा विकास गरिएको डिभाइस ए आइ र अरू समान विचारधाराका औद्योगिक अग्रणीहरूका साथ हाम्रो खुल्ला सहकार्यहरूबाट सक्षम गरिएका क्लाउडमा आधारित ए आइ, दुवैद्वारा सञ्चालन हुने एक वृहत् मोबाइल ए आइ अनुभव हो ।

यसले ग्यालेक्सी सुरक्षा र गोपनीयतामा पाइने विश्वसनीयताका साथ हरेक दिनको मोबाइलसँगको अनुभवलाई परिवर्तन गर्न सक्ने बताइएको छ ।

ग्यालेक्सी ए आइ को फाइदाहरू :

यसको एउटा मुख्य विशेषता “फोन कल” लाई उदाहरणको रूपमा लिन सकिन्छ। एआइ लाइभ ट्रान्सलेट कलले चाँडै नै प्रयोगकर्ताहरूलाई जति बेला आवश्यक पर्‍यो त्यति नै बेला आफ्नो पर्सनल ट्रान्सलेटर उपलब्ध गराउनेछ ।

किनभने यो ग्यालेक्सी डिभाइसकै कलसँग एकीकृत गरिएको छ, यसले गर्दा तेस्रो पक्षको एप चलाइरहन पर्ने झन्झट रहँदैन । अडियो र टेक्स्ट तपाईँले बोल्नु र लेख्नु भएकै समयमा नै अरू भाषामा अनुवाद भएर आउने छ । यो ग्यालेक्सी ए आइ डिभाइसमा नै भएको हुँदा, यसले प्रयोगकर्ताको गोप्य वार्तालापहरू फोनमा नै सीमित रहनेछ ।

“मोबाइल प्रविधिसँग विश्वभरका मानिसहरूका लागि सञ्चार, सृजनशीलता, उत्पादकत्व र थप सक्षम बनाउने अतुलनीय शक्ति छ, तर आजसम्म, हामीले मोबाइल ए आइलाई वास्तविक रूपमा अर्थपूर्ण तरिकाबाट उपयोग गरिएको देखेका छैनौँ ।” इभिपि र अनुसन्धान तथा विकास प्रमुख, वाङजुङ चोइले भने । “ग्यालेक्सी ए आइ हाम्रो आजसम्म कै सबैभन्दा बृहत्तर इन्टेलिजेन्स हो जसले हाम्रो फोनको परिभाषा नै बदलिदिनेछ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved