प्रचण्डले भने–कोप-२८ मा नेपाल योद्धाको रुपमा प्रस्तुत हुन्छ

नेपालभ्युज

प्रचण्डले भने–कोप-२८ मा नेपाल योद्धाको रुपमा प्रस्तुत हुन्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजमा धार्मिक अतिवाद र सामाजिक सद्भाव बिथोल्ने काम भइरहेको बताएका छन् ।

शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित विशाल खड्काको पर्यावरणीय संकट आठ अर्ब मानिसको साझा चुनौती पुस्तक लोकर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले एकथरी मानिसहरु जातिय रुपले साम्प्रदायिकता फैल्याउने, धार्मिक रुपले पनि धार्मिक अतिवाद र त्यसबाट कहिँ न कहिँ असहिष्णुता र भएको सामाजिक सद्भाव खलल गर्ने प्रयासमा लागेको बताए ।

प्रधानमन्त्री दाहालले कोप २८ मा नेपाल योद्धाको रुपमा प्रस्तुत हुने बताए उनले ठूला शक्ति राष्ट्रले निम्त्याएको पर्यावरणिय जोखिमको मार भुगोलको हिसावले साना र जनसंख्याको हिसावले अति कम विकसित र विकासोन्मुख मुलुकले व्यहोर्नुपरिरहेको बताए ।

उनले रिव देशहरुको मध्ये पनि बालबालिका, महिला र अशक्तहरुलाई यसको सबैभन्दा बढी जोखिम भएको बताए । प्रधानमन्त्री दाहालले आफ्नो अधिकार स्थापित गर्ने संघर्षको रुपमा कोप २८ मा प्रस्तुत हुने प्रतिवद्धता जनाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved