बल्खुको झडपमा १३ प्रदर्शनकारी घाइते, स्थिति तनावग्रस्त

दुर्गा प्रसाईं समूहले बल्खुमा गरेको प्रदर्शनमा झडप हुँदा १३ जना प्रदर्शनकारी घाइते भएका छन् ।

नेपालभ्युज

बल्खुको झडपमा १३ प्रदर्शनकारी घाइते, स्थिति तनावग्रस्त

काठमाडौं । दुर्गा प्रसाईं समूहले बल्खुमा गरेको प्रदर्शनमा झडप हुँदा १३ जना प्रदर्शनकारी घाइते भएका छन् ।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का सहप्रवक्ता राजानन्द माण्डव्यका अनुसार १३ जना प्रदर्शनकारी घाइते भएका हुन् । घाइतेमध्ये धादिङका ६० वर्षीय चिरञ्जीवी बस्नेतको अवस्था गम्भीर छ । उनको बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

प्रदर्शनकारीले सुरक्षा घेरा तोड्न खोजेपछि झडप भएको हो । बल्खुको स्थिति अहिले पनि तनावग्रस्त छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved