हरिबोधनी एकादशी मनाउन सार्वजनिक बिदा

नेपालभ्युज

हरिबोधनी एकादशी मनाउन सार्वजनिक बिदा

काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिकाले हरिबोधनी एकादशी मनाउन भोलि बिहीवार सार्वजनिक बिदा दिएको छ ।

नगर प्रमुख कृष्णराज पण्डितका अनुसार सार्वजनिक बिदामा नगरपलिकाको कार्यालय, वडा कार्यालयसँगै विद्यालय र बैंक तथा वित्तीय संस्था बन्द रहनेछन् ।

शुक्लागण्डकीले बर्सेनि एकादशीमा स्थानीय बिदा दिँदै आएको उनले बताए ।

एकादशीमा शुक्लागण्डकी नगरपालिका–४ र ८ मा सेती नदी किनारमा स्नान, पूजा अर्चना गर्न कास्की र स्याङ्जबाट समेत भक्तजन आउने गर्दछन् ।

हिन्दु धर्मावलम्बीले हरिबोधनी एकादशी तुलसीको विवाह गरेर मनाउने गर्दछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved