के हुँदैछ कोशीमा ? कहिले हुन्छ मन्त्रिपरिषद् विस्तार ?

सुरूमा नेकपा (एमाले) को बुई चढेर मुख्यमन्त्री बनेका कार्की पछि मन्त्रिपरिषद् विस्तारकै कारण देखाउँदै गठबन्धनमा फर्किएका छन् । तैपनि मन्त्रिपरिषद् विस्तार भएको छैन । 

नेपालभ्युज

के हुँदैछ कोशीमा ? कहिले हुन्छ मन्त्रिपरिषद् विस्तार ?

विराटनगर । संविधानको धारा १६८ को ५ अनुसार कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका केदार कार्की जत्तिसक्दो चाँडै मन्त्रिपरिषद् विस्तार गर्ने सोचमा छन् । तर, सकिरहेका छैनन् ।

सुरूमा नेकपा (एमाले) को बुई चढेर मुख्यमन्त्री बनेका कार्की पछि मन्त्रिपरिषद् विस्तारकै कारण देखाउँदै गठबन्धनमा फर्किएका छन् । तैपनि मन्त्रिपरिषद् विस्तार भएको छैन ।

यसअघि दलहरूबीच मन्त्रालयीय भागबन्डा मिलेको र तिहारलगत्तै मन्त्रिपरिषद् विस्तार हुने भनिएपनि अहिलेसम्म विस्तार भएको छैन ।

प्रदेशका ९ मन्त्रालयमध्ये नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित चार, सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) ले ३ र नेकपा (एकीकृत समाजवादी) ले १ मन्त्रालय पाउने मोटामोटी सहमति बनेको थियो । तर, फेरि पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भयो ।

नेताहरूले बताएअनुसार अझै पनि सहमति भइसकेको छैन । मुख्यमन्त्री कार्कीले अझै सबैलाई समेट्न खोज्दैछन् । “अझै तत्कालै मन्त्रिपरिषद् विस्तार हुने सम्भावना देखिँदैन । कुरा मिलेको छैन भन्ने ब्रिफिङ्ग छ,” एक नेताले भने ।

किन भन्ने नेपालभ्यूजको प्रश्नमा ती नेता भन्छन्— प्याकेजमै सहमति खोज्ने कुरा पनि भइरहेको छ र मुख्यमन्त्रीजीले सबैलाई समेटेरै अगाडि बढ्ने बताउँदै हुनुहुन्छ । सबैलाई समेट्नु राम्रो पनि हो ।

आफूलाई मुख्यमन्त्री बनाउने एमालेलाई समेटेरै लाने कार्कीको जोड थियो । तर, एमालेले आफू सरकारमा हुँदा गठबन्धनसम्बद्ध कुनै पनि दल हुन नहुने अडान राखेपछि मुख्यमन्त्री कार्की गठबन्धनतिरै लागे । अहिले एमालेले समर्थन कायम राख्दै सरकारबाट भने बाहिरिएको छ ।

कहिले हुन्छ विस्तार ?

नेपाली कांग्रेस कोशीका प्रमुख सचेतक भूपेन्द्र राई तत्कालै मन्त्रिपरिषद् विस्तार हुने सम्भावना देख्दैनन् । “अझै केही दिन लाग्ने देखिन्छ । संवादहरू भइरहेका छन्,” राईले भने ।

माओवादी केन्द्रका सांसद गोम्बु शेर्पा ‘कर्ज्याङ’ पनि अझै केही दिन लाग्ने बताउँछन् । “अझै केही दिन लाग्ला । कुराहरू मिल्न बाँकी नै छन् भन्ने सुनिन्छ । मुख्यमन्त्रीजी चाँडै गर्नुपर्छ भन्नेमा चाहिँ हुनुहुन्छ,” उनले भने ।

अहिले माओवादी केन्द्रका गणेश उप्रेती र एकीकृत समाजवादीका कमलप्रसाद जबेगु मन्त्री छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved