माओवादी केन्द्र र बाबुराम नेतृत्वको नेसपाबीच पार्टी एकता प्रक्रिया अघि बढ्यो

बैठकमा पार्टीको नाम, संगठानिक संरचनालगायत विषयलाई एकता संयोजन समितिले टुंग्याउने पनि सहमति भएको छ ।

नेपालभ्युज

माओवादी केन्द्र र बाबुराम नेतृत्वको नेसपाबीच पार्टी एकता प्रक्रिया अघि बढ्यो

काठमाडौं । नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)बीच पार्टी एकता प्रक्रिया अघि बढेको छ ।

दुवै पार्टीका वार्ता समितिको बैठक बसेर एकता प्रक्रियालाई अघि बढाइएको हो । आइतबार बसेको बैठकमा माओवादी केन्द्रबाट वार्ता समिति संयोजक कृष्णबहादुर महरा र नेसपाबाट गंगानारायण श्रेष्ठ उपस्थित थिए ।

बैठकपछि दुवै संयोजकको हस्ताक्षर भएको विज्ञप्तिअनुसार बैठकमा दुवै पार्टी एकताका लागि दुवै पार्टी केन्द्रलाई एकता संयोजक समिति बनाउन सुझाव दिने सहमति भएको छ ।

बैठकमा पार्टीको नाम, संगठानिक संरचनालगायत विषयलाई एकता संयोजन समितिले टुंग्याउने पनि सहमति भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved