खरबारीमा आमा-छोराको शव भेटिएपछि बाबु पक्राउ

नेपालभ्युज

खरबारीमा आमा-छोराको शव भेटिएपछि बाबु पक्राउ

काठमाडौं । प्युठानको नौबहिनी गाउँपालिका- ३  मा आमा र छोरा खरबारीमा मृत फेला परेका छन्। २२ वर्षीया रिमा बुढा र उनका ३ वर्षीय छोरा मुस्कान घरनजिकै खरबारीको पाखोमा मृत अवस्थामा फेला परेका हुन्।

शुक्रबार राति आमा रिमा र  शनिबार दिउँसो  छोरा मुस्कानको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार  कात्तिक २७ देखि हराइरहेका उनीहरूको बारेमा माइतीपक्षले  शुक्रबार मात्रै प्रहरीमा सूचना दिएको थियो । रिमाका श्रीमान कमल बुढा मगरले भने घरमै भएर पनि प्रहरीमा कुनै सूचना दिएका थिएनन्  ।

माइती पक्षबाट खबर पाएकै दिन दिउँसोदेखि बेपत्ता आमाछोराको खोजीमा लागेको प्रहरीले खरबारीको काल्नोमा उनिहरुको शव फेला पारेको हो ।  सोही घटना अनुसन्धान गर्न रिमाका २३ वर्षीय श्रीमान कमललाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved