टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा मुद्दैमुद्दा, कहिले होला फैसला ?

नेपालभ्युज

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा मुद्दैमुद्दा, कहिले होला फैसला ?

काठमाडौं । टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दैमुद्दा परेको छ । तिहार बिदापछि अदालत खुलेको पहिलो दिन शुक्रबार मात्रै टिकटक प्रतिबन्धविरुद्ध कम्तिमा ६ वटा मुद्दा दर्ता भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र स्वागत नेपाल लगायतले छुट्टाछुट्टै रिट निवेदन पेश गरेका छन् । त्यस्तै अधिवक्ताद्वय सुनिल रञ्जन सिंह र सरिता थापाले पनि टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

टिकटक प्रतिबन्धविरुद्ध अझै मुद्दाहरु बढ्नसक्ने अनुमान छ ।

टिकटक माथिको प्रतिबन्धले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएको, निर्देशिका ल्याएर नियमन गर्ने प्रक्रियामा गएको सरकारले हठात बन्द गर्ने निर्णय गरेको, निर्णय गर्दा कुनै कानूनी आधार नटेकेको भन्दै उनीहरुले सरकारको निर्णय खारेज हुनुपर्ने माग गरेका छन् ।

२७ कात्तिकको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो । सर्वोच्चले टिकटक प्रतिबन्धविरुद्ध परेका रिटको पहिलो पेसी सोमबारलाई तोकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved